पोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अध्ययन गर्न तथा अध्ययनपश्चात् उद्यम–व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नबिल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल तथा रजिस्ट्रार डा. दीपकबहादुर भण्डारीको उपस्थितिमा मानविकी तथा सामाजिक शास्त्र संकाय डिन, सहप्राडा अजय थापा र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्यालले विश्वविद्यालयले देशलाई आवश्यक पर्ने उद्यमी जन्माउने कार्यलाई अभियानका रूपमा लैजाने बताउए । उनले परम्परागत शैलीको पठनपाठनमा आमूल परिवर्तन गरी विद्यार्थीलाई उद्यमशीलतामा आकर्षित ज्ञान र सीप दिने उद्देश्यले नेपालमै पहिलोपटक उद्यमशीलता विकासमा पठनपाठन सुरु गरिएको बताए ।
बैंकका सिइओ शाहले नेपालका ठुल्ठूला उद्यमी नबिल बैंकको ग्राहक भएको उल्लेख गर्दै बैंकमा यथेष्ट रकम डिपोजिट रहेको, तर बैंकको दिगो विकासका लागि उद्यमीलाई रोजगार दिने सहयात्री खोज्दै गर्दा पोखरा विश्वविद्यालयजस्तो उत्कृष्ट संस्था भेटिएकाले आफू र आफ्नो टिमलाई निकै सन्तुष्टि प्राप्त भएको उल्लेख गरे। रासस
उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय र नबिल बैंकबीच सम्झौता
घोराही–तुलसीपुर ग्राभेल तिहारपछि
३ हप्ता अघि
बेलौरी कृषि पर्यटन मेला सुरु
३ हप्ता अघि
सुझावित समाचार
धनगढीमा खाना उत्सव हुने
धनगढी/ सुदूरपश्चिमका खानाका परिकार, यहाँको संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा खाना उत्सव (फुड फेस्टिबल) हु…
धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै
धनगढी/ यही २२ मंसिरदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव सञ्चालन हुने भएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको तया…
‘सिटिजन्स सुपर ५०’ म्युचुअल फन्डको इकाइ निष्कासन खुला
बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’को इकाइ निष्कासन तथा बिक्री बुधबारदेखि खुला भएको छ। …
नेप्से ११ अंकले घट्दा चार अर्बभन्दा बढीको सेयर कारोबार
काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से ११.०५ अंकले घटेर दुई हजार ६२५.०५ विन्दुमा कायम भएको ह…
ऊर्जा क्षेत्रको विकासमा विश्व बैंकसँग सहकार्य प्रभावकारी बनाउने मन्त्री श्रेष्ठको जोड
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रमा दिगो तथा उत्थानशील अर्थतन्त्र निर्माणका लागि व…
बाढी प्रभावितका लागि राहत कोषमा १८ अर्ब ४७ करोडभन्दा बढी मौज्दात
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक सहायता जुट्ने क्रम जारी रहेको छ । प्…