युथ कांग्रेसको प्रश्न : महिनावारीमा कर कहिलेसम्म ?(फोटोफिचर)

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

युथ कांग्रेस नेपालले  महिनावारीसम्बन्धी सम्पूर्ण सामग्रीहरूमा लाग्ने गरेको हरेक प्रकारको कर हटाउन माग गर्दै सांकेतिक विरोध गरेको छ ।  शुक्रबार युथ कांग्रेसले महिलाहरूको प्रजनन स्वास्थ्यसम्बन्धी मुख्य पाटो स्यानिटरी प्याड, टेम्पोनजस्ता अन्य सामाग्रीहरू  महिलाहरूको पहुँचमा अझै पुग्न नसकेको भन्दै सांकेतिक विरोध गरेका हुन् । 

नेपालको संविधानको धारा ३८ ले महिला हकअन्तर्गत महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी मौलिक हक हुने भनी व्यवस्था गरे तापनि सोलाई वास्तविकतामा उतार्न नसकेको भन्दै विरोध गर्दै आइरहेको छ । काठमाडौंको माइतिघरस्थित देखिएका केही दृश्य :

सुझावित समाचार