कोरोना बिमाबारे थप अध्ययन गरेर प्रक्रिया बढाउन अर्थमन्त्रीको निर्देशन

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

विभिन्न बिमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी  कोरोना बिमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् ।  बुधवार मन्त्री शर्माले  बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरूलाई बोलाएर काेरोना बिमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोतसाधन र उपायका विषयमा छलफल गरेका हुन् । अर्थमन्त्री शर्माले यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन्। 
विभिन्न बिमा कम्पनीहरूले बिमितहरूलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ । 
 

सुझावित समाचार