कपनको ढलमा खसेका बालकको शव बागमती किनारमा भेटियो

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण

कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ। १० वर्षका उज्ज्वल विश्वकर्माको शव ललितपुरमा बागमती किनारमा भेटिएको प्रहरीले जनाएको छ। 

बागमती गाउँपालिका– १ घुसेलमा उनको शव भेटिएको हो। उनी असोज ४ गते ढलमा खसेका थिए। बालकको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाउन लागिएको छ।

See More On

सुझावित समाचार