ग्यास बोकेको बुलेटको ठक्करबाट एकजनाको मृत्यु

मंगलबार, १५ भदौ, २०७८
डिजिटल संस्करण

वीरगन्जमा एलपिजी ग्यास बोकेको बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका–२४ ड्राइपोर्ट बहुअरी चोकमा एलपिजी ग्यास बोकेको बुलेटले ठक्कर दिँदा बहुदरमाई नगरपालिका– २ का करिब ३० वर्षीय लालबाबु साह तेलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने एनएल ०१ एबी ४३७३ नम्बरको बुलेट र त्यसका चालकलाई नियन्त्रणमा लिई थप कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

सुझावित समाचार