लुम्बिनीमा सात सदस्यीय मन्त्रिपरिषद् बन्ने, को–को बन्दै छन् मन्त्री ?

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठन हुने सरकारमा गठबन्धनका तीन दल र स्वतन्त्र समूहबाट गरी ६ जना मन्त्री बन्ने भएका छन् । कांग्रेसका डिल्ली चौधरी, माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहसराम यादव मन्त्री बन्ने पक्का भएको छ । 

जनता समाजवादीका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी तथा स्वतन्त्र समूहबाट अजय शाही पनि मन्त्री बन्ने भएका छन् । 

चौधरी ग्रामीण तथा सहरी विकास, यादव भौतिक पूर्वाधार र खड्का आर्थिक मामिला तथा योजनामन्त्री हुँदै छन् । अरू भने विनाविभागीय मन्त्री बन्नेछन् । 

मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भइसकेका छन् । प्रदेश सभाका चार दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेस भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन् । 

प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

सुझावित समाचार