नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति र प्रधानमन्त्रीले राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत खनालले राष्ट्रपति र प्रधानमन्त्रीको यो कदम संविधानविरोधी, प्रतिगामी तानाशाही कदम भएको बताए ।
उनले यो कदम कदापि क्षम्य नहुने भन्दै कदमको भर्त्सना गर्दै प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूलाई एकजुट हुनसमेत आग्रह गरेका छन् ।