राष्ट्रिय सभा उपनिर्वाचन ः स्थानीय तहमा २५ मतान्तरले देवकोटा अगाडि

बिहिबार, ६ जेठ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभा बागमती प्रदेशअन्तर्गत भएको निर्वाचनमा स्थानीय तहको मतगणना सकिएको छ । जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको तर्फबाट कलम चिह्न लिएर उम्मेदवार बनेका डा. खिमलाल देवकोटा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पछि पार्दै २५ मतले अगाडि भएका छन् ।

उनको एक सय २८ मत आएको छ । बादल’को सूर्य चिह्नमा एक सय तीन मत आएको छ । त्यस्तै, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङको दुई मत आएको छ । अब  प्रदेश सभा सदस्यको मतगणना सुरु भएको छ ।  
 

सुझावित समाचार