राप्रपाले बादलको पक्षमा मतदान गर्ने

बुधबार, ५ जेठ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा बागमती प्रदेशको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई मतदान गर्ने भएको छ ।

एमालेले बादललाई मतदान गर्न अनुरोधसहितको पत्र पठाएपछि आफ्नो पार्टीले बादलको समर्थनमा मतदान गर्न लागेको बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । राप्रपाले बादलको पक्षमा मतदान गर्न गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई अनुरोध गरेको छ । 

See More On

सुझावित समाचार