निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता जारी

शुक्रबार, ३१ बैशाख, २०७८
डिजिटल संस्करण

आगामी जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ ।

शुक्रबार आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सूचना निकालेर २९ गतेदेखि निर्वाचन नभएसम्मका लागि आचारसंहिता लागू भएको जानकारी दिएका छन् ।

आयोगको आचारसंहिताको पूर्ण पालना गरी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ । 

सुझावित समाचार