कांग्रेस नेता पौडेलले मित्रराष्ट्रलाई भने– हाम्रो बलबुताले भ्याएन, नेपालीको ज्यान बचाइदिनुहोस्

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपालीको जीवनरक्षाका लागि मित्रराष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृ निकाय, गैरआवासीय नेपाली संघलगायतसँग आग्रह गरेका  छन् । 

बिहीबार सामाजिक सञ्जालमार्फत उनले नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बलबुताले पार पाउने अवस्था नदेखिएको जनाउँदै जीवनरक्षाका लागि मानवीयताका आधारमा नेपालीलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

नेता पौडेलले अक्सिजन र अस्पतालका अभावमा उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौँ पुग्न लागेकामा चिन्ता पनि व्यक्त गरेका छन् । 

सुझावित समाचार