महन्थ–राजेन्द्रसँगकाे भेटपछि देउवाले बोलाए शीर्ष नेताको बैठक

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण

आफ्नो पक्षमा बहुमत जुटाउन कसरत गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । देउवाले अपराह्न ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुने एक नेताले जानकारी दिए । यसअघि देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताेलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए ।

भेटमा देउवाले आफ्नो नेतृत्वमा सिंगो जसपालाई लिएर बहुमतको सरकार बनाउन सहमतिका लागि आग्रह गरेका छन् । 

सुझावित समाचार