कांग्रेस सभापति शेरबहादुर देउवाललाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बुढानीलकण्ठ पुगेका छन् ।
देउवाले आज बहुमतको सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्नेछन् । महन्त र ठाकुरसहितका नेताले २७ गते भएको विश्वासको मत लिने प्रक्रियामा तटस्थता जनाएका थिए । तर, आज उनीहरू देउवासँग छलफल गर्न जानुलाई महत्वका साथ हेरिएको छ ।