एमालेको संगठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ता जनतामुखी हुनुपर्छ : बादल

शुक्रबार, २४ बैशाख, २०७८
डिजिटल संस्करण

गृहमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा बादलले नेकपा (एमाले)को संगठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताहरूले नेतामुखी नभई जनतामुखी हुनुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेर फर्किने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री बादलले संविधानको दिगो संवर्द्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताए 

उनले संघीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत–साधन परिचालन गरी कोभिड– १९ को संक्रमित बिरामीलाई उपचार सेवा पुर्याउनेतर्फ एक मात्र लक्ष्य राख्नुपर्ने बताए । 

See More On

सुझावित समाचार