माओवादी केन्द्रको बैठक : पार्टीको नाम र एकतासहित ६ एजेन्डा

आइतबार, १ चैत, २०७७
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको जारी बैठकमा पार्टीको नाम र एकतासहित ६ एजेन्डा प्रस्तुत भएको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा श्रद्धाञ्जली, वर्तमान परिस्थितिबारे रिपोर्टिङ, छलफल, सुझाब र टिप्पणी, विधान, संगठनात्मक काम र पार्टी अनुशासन, कार्यकर्ता भेला र विविध एजेन्डा प्रस्तुत भएको नेता युवराज चौलागाईंले जानकारी दिए । विविध एजेन्डामा पार्टी नाम र एकता समावेश गरिएको छ । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन र दलहरूसँग भइरहेका छलफलबारे जानकारी गराएका छन् । 

गत २३ फागुनमा सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँत्याएपछि पहिलोपटक माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसेको हो ।

सुझावित समाचार