माओवादी केन्द्रद्वारा संगठनात्मक कार्ययोजना बनाउन कार्यदल गठन (भिडियोसहित)

बुधबार, २६ फागुन, २०७७
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रले संगठनात्मक कार्ययोजना बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेताहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, पुम्फा भुसाल र जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार कार्यदलले कार्ययोजना बनाएर बैठकमा पेस गर्नेछ ।   

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र जसपासँग भएको छलफलबारे जानकारी गराएका थिए । दुवैै पार्टीका नेताहरूसँग थप वार्ता गर्न बैठकले अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । 

सरकारलाई दिएको समर्थनबारे थप निर्णय नगरेको श्रेष्ठले बताए । अरू पार्टीहरूसँग छलफल गरेर निष्कर्षमा पुग्ने उनले जानकारी दिए ।

सुझावित समाचार