आमहडताल सफल पार्न प्रचण्ड सडकमा

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको आमहडताल सफल पार्न अध्यक्ष प्रचण्ड स्वयं सडकमा आएका छन् । आन्दोलनमा सहभागीहरूलाई उत्साहित पार्न प्रचण्ड सडकमा आएर केहीबेर सरकारको कदमविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

उनी सातदोबाटोबाट कोटेश्वर आएका थिए । आन्दोलनमा सहभागी भई उनले कोटेश्वरमा संक्षिप्त सम्बोधनसमेत गरेका थिए । कोटेश्वरको आन्दोलनमा सहभागी भई उनी घर फर्किएका छन् ।

सरकारले बुधबार संसदीय सुनुवाइविनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै बुधबार नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  प्रचण्ड-नेपाल समूहले यसको विरोध गर्दै आजलाई आमहडतालको घोषणा गरेको  हाे ।  

See More On

सुझावित समाचार