कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको परीक्षण सफल

शनिबार, १७ माघ, २०७७
डिजिटल संस्करण
कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको परीक्षण सफल

तस्विर : पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा निर्माण भएको प्रसारण लाइनको सव स्टेशन ।

राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सवस्टेसनको निर्माण सम्पन्न भएको छ । सवस्टेशनअन्तर्गतको लाइन निर्माणका सबै काम सम्पन्न भएपछि परीक्षण भइरहेको र हाल सम्मका विभिन्न चरणका परीक्षण पनि सफल भइरहेको आयोजना निर्माण पक्षले जानकारी दिएको छ । 

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानामा रहेको सव स्टेशनमा विद्यत् 
प्रसारणका लागि पर्वतको तल्लो मोदी १ सय ३२ केभी प्रसारण लाइनमा प्राविधिक जाँचलगायतका काम भइरहेको आयोजना निर्माण कम्पनीका इलेक्ट्रिसियन प्राविधिक प्रदीप शर्माले बताए ।  

पर्वतको खुर्कोटदेखि म्याग्दीको दानामा दुई सबस्टेसन तथा त्यसबीचमा ११० टावर निर्माण गरी ३९ दशमलव ६ किलोमिटर लामो तार टाँगिएको छ । एसियाली विकास बैंकको तीन अर्ब ऋण सहयोग तथा नेपाल सरकारको झन्डै  ८० करोडको लागतमा खुर्कोट–दाना खण्डमा प्रसारण लाइनको काम गरिएको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईको जानकारी दिए ।

कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको हो । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सम्झौता भई आव २०७५/७६ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्न ढिलाइ भएको थियो । यो साताभित्रै आयोजनाको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको सहायक निर्देशक भट्टराईले  बताए । 

सुझावित समाचार