बुटवलमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

बिहिबार, १५ माघ, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार शक्ति प्रदर्शन गरेको छ । बुटवलको  गोलपार्क,  जितगढी तथा राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन सभामा परिणत हुनेछ । 

प्रदर्शनको नेतृत्व पार्टीका केन्द्रीय नेताहरूले गरेका छन् । राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शनको नेतृत्व घनश्याम भुसालले गरेका छन् । विरोध प्रदर्शनपछि पुष्पलाल पार्कमा विरोध सभा हुनेछ । 

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, नेता घनश्याम भुसाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 

सुझावित समाचार