स्याकार ट्रेडिङले ल्यायो नयाँ होन्डा सिटी

मंगलबार, ६ माघ, २०७७
डिजिटल संस्करण

नेपालका लागि होन्डा गाडीको अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डा सिटीको ५औँ जेनेरेसन नेपाली बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले बिक्री सुरु गरेको कार आई–एसआरएसयुक्त ६ एयर ब्याग रहेको आफ्नो सेग्मेन्टको सबैभन्दा सुरक्षित कार हो । 

होन्डा सिटी पहिलोपटक लन्च भएदेखि यसले सेडान कारको बजारमा पृथक् पहिचान बनाएको कम्पनीको दाबी छ । यस जेनेरेसनको लम्बाइ र चौडाइ अघिल्लो जेनेरेसनभन्दा बढी रहेको जनाइएको छ ।

होन्डा सोलिड विइङ फेस डिजाइनमा आधारित यस गाडीमा वनटच इलेक्ट्रिक सनरुफ, सार्क फिन एन्टेना, फुल एलइडी हेडल्याम्पका साथै ९ एरे इनलाइन सेल इन्टिग्रेटेड एलइडी डिआरएल, एल आकार एलइडी टर्न इन्डिकेटर, जेड आकार थ्रिडी र्याप एराउन्ड युनिफर्म एलइडी साइड मार्क लाइटजस्ता विशेषता रहेको जनाइएको छ । होन्डा सिटीले पहिलोपटक यस सेग्मेन्टमा एलेक्सा भ्वाइस सर्भिसमार्फत कार उपभोक्तालाई सामाजिक र डिजिटल संसारसँग जोड्ने कम्पनीले जनाएको छ । 

७ स्पिड अटोमेटिक ट्रान्समिसनले प्रतिलिटर १८.४ किलोमिटर  तथा ६ स्पिड म्यानुअल ट्रान्समिसनमा १७.८ किलोमिटर माइलेज रहेको जनाइएको छ । यसका साथै यस सेग्मेन्टमा लेन वाच क्यामेरा भएको होन्डा सिटी पहिलो सेडान भएकाले पार्किङ गर्न सहज हुने कम्पनीको दाबी छ । 


यसका दुई भेरियन्ट होन्डा भिएक्स सिभिटीको मूल्य ६५ लाख ९० हजार रुपैयाँ र जेड एक्स सिभिटीको मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार