भेरी नदीमा गाडी खस्दा चालकको मृत्यु, एक बेपत्ता

बिहिबार, २३ पुष, २०७७
डिजिटल संस्करण

सुर्खेतको गुर्भाकोट नगरपालिका– ९ स्थित भेरी नदीमा बस खस्दा एकजनाको मृत्यु भएको छ । एकजना बेपत्ता रहेका छन् भने अर्का एकजना घाइते भएका छन् । 

ना.५ ख ७७५० नम्बर गाडीका चालक दाङको बबई गाउँपालिका–३ का २२ वर्षीय सुमन नेपालीको मृत्यु भएको हो । सल्यानको कालिमाटी गाउँपालिका—४ खैरेनीका ३० वर्षीय ईश्वर सुनार घाइते भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । 

गाडी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल नदीमा खसेको ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्यले बताए । ‘गाडीमा रहेका तीनजनामध्ये एकजना अझै बेपत्ता रहेका छन्,’ उनले भने, ‘घाइइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।’

बेपत्ताको खोजी कार्य जारी रहेको र उनको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 
 

सुझावित समाचार