खानेपानीमन्त्री मणिचन्द्र थापालाई जाजरकोटमा कालो झन्डा देखाएर विरोध गरिएको छ ।
प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरूले मन्त्री थापालाई कालो झन्डा देखाएर विरोध गरेका हुन् ।
ओली नेकपा समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्न आएका मन्त्री थापालाई विद्यार्थीहरूले हिजो कालो झन्डा देखाएका थिए भने आज बुधबार जिल्लाबाट बाहिरिँदै गर्दा पनि कालो झन्डा देखाएर विरोध गरेका हुन् ।
संसद् विघटनपछि उत्पन्न परिस्थितिमा पश्छमनतर्फ अघि बढेको भन्दै विरोध गरेको विद्यार्थी नेता दिनेश गौतमले बताए ।