चर्को दबाबपछि चालक अनुमतिपत्रकाे ट्रायल खुलाउँदै विभाग

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

प्रदेश सरकारको तीव्र दबाबपछि सरकारले चालक अनुमतिपत्र (ट्रायल) खुला गर्ने भएको  छ । यातायात व्यवस्था विभागले पुसको अन्तिमसम्ममा ट्रायल खुला गर्ने तयारी रहेको जनाएको छ ।

यसअघि विभाग र प्रदेशबीचको कुरा नमिल्दा अहिलेसम्म  रोकिएको थियो । प्रदेशबाट विभागलाई  खोल्नका लागि तारन्तार दबाब दिएपछि खोल्ने तयारीमा विभाग जुटेको हो । नभए विभागले जाडो महिनाभरि कोरोना भाइरसको जोखिम  रहेको भन्दै  अझै तीन महिना खुला नगर्ने तयारीमा  बसेको  थियो ।

कोरोना महामारीले नौ महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अब भने खुला हुने भएको छ । सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी गरिरहेको विभागका  सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।

कोरोना महामारीका कारण ११ चैत ०७६ पछि बन्द भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अब एक सातापछि खुल्ने भएको छ । सवारीचालक अनुमतिपत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यसअन्तर्गतका यातायात कार्यायलबाट हुने भएकोले सोहीअनुसारको आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको छ।

सवारी चालक अनुमति पत्र दुवै प्रकारको सवारी साधन (चारपाङ्ग्रे र दुईपाङ्ग्रे)को परीक्षा खुल्ने गरी तयारी भइरहेको पनि भुसालले बताए।

लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आवश्यक तयारी भएको र औपचारिक निर्णय मात्रै हुन बाँकी रहेको भुसालले बताए । ‘हामीले खुल्ला  गर्ने तयारीम केही छलफलपश्चात् खुला गर्ने हाे,’  भुसालले भने ।

विभागका अनुसार एकैपटक सातवटै  प्रदेशमा लिखित र मौखिक परीक्षा खुला  गर्ने अनलाइन प्रणालीबाट परीक्षा लिने गरी आवेदन खुला गर्ने भए पनि परीक्षा लिने र ट्रायल गरान सक्ने आधारमा दैनिक परीक्षाको कोटा भने सम्बन्धित यातायात कार्यालयले नै तोक्ने छन्।

चालक अनुमतिपत्र  लिनका लागि सवारीधनीहरू  ट्रायलको पर्खाइमा रहेका छन् । यातायात व्यवस्था कार्यलयका अनुसार अहिले हजारौँ सवारीधनी  प्रभावित बनेका छन् ।  विभागले भने लाइसेन्स छपाइको काम सकेको छ । नयाँ लाइसेन्सको लागि ट्रायल नखुल्दा  नयाँ लाइसेन्स छपाइको काम नरहेको विभागले जनाएको छ । पुरानो स्टक रहेका  लाइसेन्ससमेत छापिसकेको विभागको  भनाइ छ । तैपनि विभागले नयाँ  सेवाग्राहीलाई ट्रायल नलिएर किन खोल्न मानिरहेका छैन । उल्टै विभागले प्रदेशलाई दोष देखाउँदै आफू पन्छिदै आइरहेको छ ।

सुझावित समाचार