नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जसरी पनि प्रधानमन्त्री बन्ने लक्ष्य छोडेर जनताबाट अनुमोदित भएर आउन आग्रह गरेका छन् ।
देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जसरी पनि छिर्के बाटोबाट प्रधानमन्त्री बन्ने उद्देश्यभन्दा घोषित निर्वाचनमार्फत चुनिएर आउन चुनौती दिएका हुन् ।
उनले यसअघि आफू प्रधामन्त्री भएका वेला भारतबाट भएको नाकाबन्दीका वेला असहयोग गर्ने पात्रहरूले नै अहिले पनि असहयोग गरिरहेको बताए ।
उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न दलभित्रकै नेताहरू सक्रिय भएको पनि बताए । तर, उनले कुनै पनि नेताहरूको नाम भने लिएनन् ।