काठमाडौंमा यस्तो देखियो कांग्रेसको शक्ति प्रदर्शन [फोटोफिचर]

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनका लागि कांग्रेसका नेता तथा कार्यकर्ताले देशैभर र्‍याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्‍याली निकालिएको छ । 

सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको जनाएकाे छ ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्न कांग्रेसका शीर्ष नेता देशका विभिन्न ठाउँमा पुगेका छन् । विरोध प्रदर्शनका क्रममा काठमाडौंमा देखिएको केही दृश्य यस्ता छन् : 

सुझावित समाचार