नेपाल र भारतका फरक-फरक पिसिआर रिपोर्ट, क्यान्सरपीडित वृद्धको उपचारमा समस्या

शनिबार, २७ मंसिर, २०७७
डिजिटल संस्करण

नवलपुर गैडाकोटका ७७ वर्षीय एक वृद्धको कोरोना परीक्षणमा दुई देशमा प्रयोगशालाले फरक–फरक रिपोर्ट दिएपछि उपचारमा समस्या भएको छ ।

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) र भारतको बि.एल.के. सुपर स्पेसियालिटी हस्पिटलमा गरिएको पिसिआर परीक्षणमा फरक–फरक रिपोर्ट आएपछि क्यान्सरपीडित ती वृद्धकाे उपचारमा समस्या भएकाे हाे । 

क्यान्सरपीडित कँडेल उपचारको लागि भारत जाने क्रममा १५ मंसिरमा कोरोना परीक्षण गरेका थिए । त्यो नमूना परीक्षणमा उनलाई कोरोना संक्रमण देखियो । कुनै पनि लक्ष्यणपछि उनलाई आफु संक्रमित भएको विश्वास लागेन । उनले पुनः दोस्रो पटक कोरोना परीक्षण गरे ।

त्यसमा पनि कोरोना देखियो । दोस्रो रिपोर्ट पनि पजेटिभ आएपछि उनी आइसोलेसनमा बसे । म्ांसिर २२ को तेस्रो पटकको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आयो । 

उनको च्युडो नजिकको हड्डीमा क्यान्सर देखिएकाछ । अप्रेशन नगरे शरीर भरी फैलन सक्ने भन्दै चिकित्सकले जतिसको छिटो अप्रेशन गर्न सुझाएका छन् । उनी २३ मंसिरमा परिवारका साथ भारतको बि.एल.के. सुपर स्पेसियालिटी हस्पिटल गए । 

अस्पतालले नेपालको पिसिआर रिपोर्ट नमान्ने भन्दै पुनः परीक्षण गर्न निर्देशन दियो । त्यहाँ गरेका परीक्षणमा कोरोना पजेटिभ देखिएपछि उनको उपचार रोकिएको छ । उनी र उनको परिवारमा थप तनावमा छन् । 
 

सुझावित समाचार