रातभरको वार्तापछि हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्न इयू सहमत

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण
रातभरको वार्तापछि हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्न इयू सहमत

फाइल फाेटाे

युरोपेली युनियन (इयू) का नेताहरू सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन् । 

युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो । 

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिकेलले ट्विटरबाट उक्त सहमतिबारे घोषणा गरेका थिए । उनले जलवायु परिवर्तनविरुद्ध संघर्षमा युरोप अग्रणी मुलुक भएको बताए । 

युरोपेली आयोगका प्रमुख उर्सुला भोन लियेनले भने, ‘युरोपले सन् २०३० सम्ममा कम्तीमा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउनेछ । यसले सन् २०५० मा जलवायु तटस्थतातर्फको मार्गमा युरोप अग्रसर हुने स्पष्ट सन्देश दिएको छ।’

युरोपेली नेताहरूले जलवायु परिवर्तनको मुद्दामा झन्डै आठ घन्टन बहस गरेका थिए । 

केही कोइला–निर्भर युरोपेली मुलुकको समर्थनमा पोल्यान्डले स्वच्छ ऊर्जातर्फको रूपान्तरणका लागि आवश्यक बजेट छुट्याउन आग्रह गरेको थियो ।

जलवायु परिवर्तनसम्बन्धी वार्ताले ब्रेक्जिट वार्तालाई पनि ओझेलमा पारेको थियो । युरोपेली युनियनमा हाल २७ मुलुक आबद्ध छन् । 

सुझावित समाचार