चितवनमा जिप दुर्घटना : दुईको मृत्यु, ११ घाइते

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

चितवनमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

जिल्लाको इच्छाकामना गाउँपालिका– ६ जलबिरेनजिक दुर्घटना भएको हो ।

बिहान करिब १० बजेको समयमा गाउँपालिकाको जलबिरेस्थित भित्री सडकखण्डमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आइरहेको ना.४च ५०५० नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकछेउमा रहेको बिजुलीको पोलमा ठोक्किन पुगेको थियो ।

सो क्रममा बिजुली सर्ट हुन पुग्दा जिपमा सवार दुईजनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी ११ जना घाइते भएका छन् । उनीहरूको उपचारका लागि भरतपुर पठाइएको छ । 

घटनाबारे बुझ्ने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले जनाएको छ । 

दुर्घटनाका कारण काठमाडौं आउने र जाने गाडीहरूका लागि कुनै पनि अवरोध नभएको प्रहरीले जनाएको छ । 

दुर्घटनाग्रस्त जिपमा करिब १५–२० जना यात्रु रहेको अनुमान गरिएको प्रहरी जनाएको छ । 

सुझावित समाचार