जापान सरकारले थप सात सय अर्ब डलरको आर्थिक प्याकेज घोषणा गर्दै

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्ने गरी मंगलबार थप आर्थिक प्याकेजको घोषणा गर्ने भएका छन् । 

सरकार र सत्तारुढ पार्टीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधिलगायतको विकासको ढोका खोलिने बताए । उनले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज सात सय सात अर्ब अमेरिकी डलरको हुने जानकारी दिए । यस आर्थिक प्याकेजबाट कोभिड–१९ महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गरेका छन् । 

मंगलबार नै मन्त्रिपरिषद्काे बैठकले नयाँ आर्थिक प्याकेजलाई अनुमोदन गर्नेछ ।

सुझावित समाचार