दुर्घटनामा परी स्कुटरचालकको मृत्यु

मंगलबार, १६ मंसिर, २०७७
डिजिटल संस्करण

भक्तपुरमा सवारी दुर्घटना हुँदा स्कुटरचालकको मृत्यु भएको छ । 

मध्यपुरथिमि नगरपालिका– ९, राधेराधेका २९ वर्षीय राजु तामाङको दुर्घटनामा परी मृत्यु भएको हो । 

गएराति भक्तपुरबाट काठमाडौंतर्फ बा.७३प ३८२ नम्बरको स्कुटर चढेर जाँदै गर्दा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी दीपक गिरीका अनुसार दुर्घटनामा गम्भीर घाइते बनेका तामाङलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नर्भिक अस्पताल पुऱ्याइएको थियो । 

उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी गिरीले जानकारी दिए ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार