‘गुलियो केक’ खुवाएर र खाएर सुरु भयो नेकपा सचिवालय बैठक (फोटोफिचर)

मंगलबार, १६ मंसिर, २०७७
डिजिटल संस्करण

सत्ता संघर्षको चरम उत्कर्षबाट गुज्रिरहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकमा अनौठो संयोग जुटेको छ ।

कुनै पनि शुभकार्य आरम्भ गर्दा शुभ सगुनका साथ आरम्भ गर्ने नेपाली संस्कृति भएझैँ आजको नेकपाको सचिवालय बैठक गुलियो केक खुवाएर र खाएर सुरु भएको छ ।

तर, यस्तो संयोग भने नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको जन्मोत्सवका कारण जुटेको हो । 
उनी ६२ वर्षका भए । 

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित अन्य सचिवालय सदस्यहरूले महासचिव पौडेललाई केक खुवाएपछि बैठक औपचारिक रूपमा सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । 

उपाध्यक्ष वामदेव गैतमले महासचिव पौडेललाई १०० वर्ष बाँच्नुहोस् भन्दै शुभकामना दिएका थिए । 

तस्बिर सौजन्य : सूर्य थापा

सुझावित समाचार