नवजात शिशुसहित सुत्केरीको मृत्यु

बिहिबार, ४ मंसिर, २०७७
डिजिटल संस्करण

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी शिशुको जन्म दिएकी दैलेखकाे नारायण नगरपालिका– ११ की १८ वर्षीया सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । 

कर्णाली प्रदेश अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्माएकी दीपा विक र उनको नवजात शिशुको मृत्यु भएको हो ।

तिहारका वेलामा दैलेखको भगवतीमाई गाउँपालिका– २ स्थित माइतीको घरमा आँगनबाट लडेपछि उपचारका लागि दैलेख अस्पताल लगिएको दीपाका श्रीमान् खड्क विकले बताए । 

‘गर्भवती भएका कारणले दैलेख उपचार हुन सक्दैन भनेर चिकित्सकले प्रदेश अस्पतालमा रिफर गरेका हुन्,’ उनले भने, ‘प्रदेश अस्पतालमा शल्यक्रिया गरेर शिशुको जन्म दिएको थियो ।’

कर्णाली प्रदेश अस्पतालमा उपचारका ल्याउँदा उनी बेहोस रहेको अस्पतालका मातृ–शिशु स्वास्थ्य सेवा प्रमुख कल्पना थापाले बताइन् । 

‘बुधबार बिहान ७ बजे प्रदेश अस्पताल पुऱ्याइएको थियो,’ उनले भनिन्, ‘बिरामीलाई यहाँ पुऱ्याउँदा नै अचेत अवस्था थियो, उहाँलाई कृत्रिम श्वास–प्रश्वास दिएर भेन्टिलेटरमा राखिएको त्यही सुत्केरी गराइएको हो ।’

कर्णाली प्रदेश अस्पतालका अनुसार बच्चाको पेटभित्र नै मृत्यु भइसकेको र उनको सुत्केरी दिन कात्तिक १५ रहेको थियो ।

सुझावित समाचार