हुम्लाको नाम्खा तीन दिनका लागि सिल

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

हुम्लाकाे नाम्खा गाउँपालिका तीन दिनका लागि सिल गरिएको छ ।

नाम्खा गाउँपालिकाको याल्वाङस्थित महावौद्ध उच्च माध्यामिक विद्यालयको होस्टेलमा बसोवास गर्ने चारजनामा कोरोना संक्रमण देखिएपछि कोरोना संक्रमणको दर बढ्न सक्ने भन्दै तीन दिनका लागि सिल गरिएको हो ।

पाँच जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा बिहीबार राति चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारबाट  आवतजावत नै बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनलाल रोकायाले जानकारी दिए।

पालिका भित्रै एक आपसमा समुदायस्तमा संक्रमण बढ्ने जोखिमको सम्भावना बढी देखिएकाले अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि ३० गतेसम्म पालिका  प्रवेशमा रोक लगाउँदै सिल गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।
 
 

सुझावित समाचार