अफगानिस्तानकाे बम विस्फोटमा पत्रकारको निधन

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण
अफगानिस्तानकाे बम विस्फोटमा पत्रकारको निधन

बम विस्फोटमा मारिएका पत्रकार एल्यास डाई

काबुलकाे बम विस्फोटमा एकहप्ताअघि एक पत्रकारले ज्यान गुमाए । बिहीबार फेरि अफगानिस्तानकाे दक्षिणी हेल्मन्ड प्रान्तमा भएकाे बम विस्फोटबाट अर्का एक रेडियो पत्रकारको ज्यान गएको छ । 

प्रहरीका अनुसार हेल्मन्डको रेडियो आजादीमा कार्यरत संवाददाता एल्यास डाईको बम विस्फोटमा मृत्यु भएको हो । अफगानिस्तानका संचारकर्मीहरुले दुबै घटना स्वतन्त्र पत्रकारिताका विरोधी समूहबाट भएको बताएका छन् । 

हेल्मन्डका पत्रकार जावेद तनविरले दुबै घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरु स्वतन्त्र प्रेस विरोधी रहेको बताएका थिए । 

नोभेम्बर ७ मा काबुलमा समाचार प्रस्तोता यामा सियावाशको माक्रोरायान–ए–चर इलाकामा बम विस्फोटमा ज्यान गएको थियो । 

उक्त बम विस्फोटमा सियावाश सहित अरु दुई व्यक्ति मारिएका थिए । उनीहरु अफगान केन्द्रीय बैंकको एउटा सवारी साधनमा सवार थिए । 

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँग अफगान सरकारको शान्तिवार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटनाहरुमा कमी आएको छैन । 

तस्बिर : अलजजिराबाट 

सुझावित समाचार