राष्ट्रपति भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ पुस्तक लोकार्पण

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१औँ जन्मजयन्ती तथा दुईवर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनका अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको लोकार्पण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा राष्ट्रपति भवन, शीतलनिवासमा पुस्तकको सोमबार लोकार्पण गरिन् । 

गान्धी शिक्षाका मूल्य–मान्यताको सम्झनामा भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहकार्यमा उक्त पुस्तक प्रकाशन गरेको हो । पुस्तकले गान्धीका बारेमा पहिलोपटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकैठाउँमा ल्याएको प्रकाशकको भनाइ छ  । गान्धीका योगदानबारे विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरूको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ । 

सुझावित समाचार