विश्व स्वास्थ्य संगठन (डब्लल्युएचओ)का महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । उनले आइतबार ट्विट गरेर उनीहरूलाई बधाई ज्ञापन गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
साथै उनले उनीहरूसँग काम गर्न इच्छुक रहेको पनि बताइका छन्। उनले ट्विटमा भनेका छ, ‘अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी भएकोमा तपाईंहरूलाई बधाई छ, म पनि यहाँहरू र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु ।’
यसअघि संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो । यसप्रति संगठनले पनि विगतमा दुःख व्यक्त गरेको हो । महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले ट्विटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गरेका छन् ।
महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन पनि आग्रह गरेका छन् । आइतबार एक अमेरिकी दैनिक पत्रिकाले नवनियुक्त राष्ट्रपति बाइडेनले आफूले राष्ट्रपतिको शपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किनेबारेमा निर्णय गर्न सक्ने अनुमान गरेर समाचार लेखेको थियो ।