खुलामञ्चमा खाना नबाँड्न निर्देशन दिएका मेयर शाक्यसँग संसदीय समितिले छलफल गर्ने

बिहिबार, २० कार्तिक, २०७७
डिजिटल संस्करण

काठमाडौंको खुलामञ्चमा खाना नबाँड्न निर्देशन दिएका काठमाडौं  महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले छलफलका लागि बोलाएको छ । समितिले आगामी सोमबार मेयर शाक्यसँगै ललितपुर र भक्तपुरका मेयरलाई पनि बोलाउने निर्णय भएको समिति सदस्य प्रकाश रसाइली (स्नेही)ले जानकारी दिए । उनले भने, ‘खुलामञ्चमा खाना नबाँड्न निर्देशन दिइएको थियो । त्यहाँ विभिन्न समूहले खाना बाँड्दै आएका थिए । किन रोक्न भनिएको भन्नेबारे आवश्यक कुरा बुझ्न समितिले मेयरहरूलाई बोलाउने भएको हो ।’

समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । खुलामञ्चमा गरिबहरूलाई बाँडिँदै आएको खाना रोक्न गत मंगलबार महानगरले निर्देशन दिएको थियो ।

सुझावित समाचार