‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न सरकारको निर्देशनप्रति कांग्रेसको आपत्ति

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न निर्देशन दिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार ट्विट गर्दै  सरकारले लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न मातहतलाई दिएको निर्देशन आपत्तिजनक भएको बताएका छन् । 

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ! होसियार ! संविधानको मर्मविरुद्धको कर्म ठाडै अस्वीकार्य छ ।’ कानुन मन्त्रालयले २८ असोजमा परिपत्र जारी गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को ठाउँमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भन्दै निर्देशन गरेको छ । 

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले भने प्रधानमन्त्री ओलीले ‘अर्को ठूलो एक्सन लिन्छु’ भनेको सन्दर्भमा लोकतान्त्रिक गणतन्त्रविरुद्धको एक्सन नसहने टिप्पणी गरेका छन् । 

उनले प्रधानमन्त्री ओलालाई पदका लागि होस नगुमाउन चेतावनी दिएका छन् । 

उनले लेखेका छन्, ‘प्रधानमन्त्री ओलीले प्रचण्डलाई अर्को ठूलो एक्सन लिन्छु भनेछन् । नेकपाको दलभित्रै सीमित हुने एक्सनको बारेमा केही भन्नु छैन । तर, जनताले रगत र पसिना बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्रविरुद्धको एक्सन हो भने सहन सकिँदैन ।’

सुझावित समाचार