डडेल्धुरामा पक्राउ परेका ११ जुवाडे सार्वजनिक

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

डडेल्धुराकाे अमरगढी नगरपालिका– ५ सुंगुरखालीमा शुक्रबार जुवाखालबाट पक्राउ परेका ११ जनालाई सार्वजनिक गरिएको छ । 

पक्राउ पर्नेमा वडा नम्बर ५ का ३३ वर्षीय मनोज सिजापती, ३८ वर्षीय सुन्दर जैरू, ३८ वर्षीय ज्ञानेन्द्र पाल्पाली, ५१ वर्षीय कृष्ण रायमाझी, २७ वर्षीय जयबहादुर पुनमगर, ३० वर्षीय मिलन पाल, ३५ वर्षीय गणेश थापा, ३५ वर्षीय सनी पाल्पाली, वडा नम्बर ४ का ४८ वर्षीय इन्द्रबहादुर थापा, भागेश्वर गाउँपालिका– ५ का ४१ वर्षीय राजेन्द्र नाथ र बैतडीको पाटन नगरपालिका– ९ का ३५ वर्षीय लोकेश भट्ट रहेका छन् ।

१८ हजार नगदसहित पक्राउ परेका उनीहरूमाथि अदालतबाट सात दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले दुई दिनपछि उनीहरूको नाम सार्वजनिक गरेको हो । 

जुवातास खेलिरहेका आधाभन्दा बढी भने भागेको स्रोतले बताएको छ । 

भाग्नेमध्येका एकजनाको खुट्टा नै भाँचिएको स्रोतले जनाएको छ ।

सुझावित समाचार