भारतमा कोरोनाबाट एक लाख २० हजारको मृत्यु, संक्रमितको संख्या ८० लाखनजिक

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण

भारतमा विगत २४ घन्टामा कोरोना भाइरसबाट थप ४३ हजार आठ सय ९३ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित भारतमा कुल संक्रमितको संख्या ७९ लाख  ९० हजार पुगेको छ । 

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ६ लाख १० हजार आठ सय तीनजना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । पछिल्लाे २४ घन्टामा पाँच सय आठजनाको संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा कोभिड– १९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या एक लाख २० हजार १०  पुगेको छ । 

मन्त्रालयले भारतमा कुल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । 

साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दरसमेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ । 

यसैगरी विश्वमा प्रतिदश लाख जनसंख्यामा औसतमा एक सय ४३ जनाको मृत्यु भइरहेकाे छ । जसअन्तर्गत भारतमा ८४, रसियामा एक सय ६९, फ्रान्समा पाँच सय ११, बेलायतमा ६ सय ४४ र संयुक्त राज्य अमेरिकामा ६सय ६० जनाको मृत्यु भएको छ । 

भारतको महाराष्ट्र राज्य कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा छ । यहाँ अझै पनि एक लाख ३२ हजार व्यक्ति सक्रिय संंक्रमित रहेका छन् ।  

यहाँ ४३ हजार चार सय ६३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ७८ हजार व्यक्ति निको भएका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले हालसम्म १० करोड ५४ लाख ८७ हजारको नमुना परीक्षण गरेको जनाएको छ । हिजो मात्रै १० लाख ६६ हजार सात सय ९६ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।
 

सुझावित समाचार