गाउँपालिका अध्यक्षमाथि भएको कुटपिटका दोषीउपर कारबाही गर्न कांग्रेसको माग

शुक्रबार, ३० असोज, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसले बैतडी, सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टमाथि २८ असोजमा भएको कुटपिटका दोषीहरूमाथि यथाशीघ्र कारबाहीको माग गरेको छ । 

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर जननिर्वाचित प्रतिनिधिमाथि कुटपिट भएको विषयमा दोषीमाथि कारबाही नभएकोमा आपत्ति जनाएका हुन् । 

उनले जनप्रतिनिधिमाथि कुटपिट भएको दुई दिन बितिसक्दा पनि आरोपीहरू नसमातिएकोमा सरकार अपराधी गतिविधि नियन्त्रणमा उदासीन बनेको आरोप पनि लगाएका छन् । 

कुटपिटमा संलग्नहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न उनले माग गरेका छन् ।

सुझावित समाचार