नेकपा सचिवालय बैठक बालुवाटारमा

मंगलबार, २० असोज, २०७७
डिजिटल संस्करण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । ६ असोजपछि सचिवालय बैठक बसेको हो । 

बैठकमा मन्त्रिमण्डल पुनर्गठनलगायतका विषयमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ । 

यसअघि सचिवालय बैठकले नै मन्त्रिमण्डल पुनर्गठन गर्ने, वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनेलगायतका निर्णय गरेको थियो ।

गौतमलाई सांसद बनाउने निर्णय कार्यान्वयन भइसकेको छ भने मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा नेकपामा निर्णय हुन सकेको छैन । 

आजको सचिवालय बैठकले यसबारे ठोस निर्णय लिने सम्भावना रहेको स्रोतले जनाएको छ । 

सुझावित समाचार