मन्त्रिपरिषद् बैठक जारी, नयाँ मुख्यसचिव नियुक्तिको तयारी

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण
मन्त्रिपरिषद् बैठक जारी, नयाँ मुख्यसचिव नियुक्तिको तयारी

फाइल तस्बिर

मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा गराएर सरकारले नयाँ मुख्यसचिव नियुक्त गर्न लागेको छ । बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठककाे एजेन्डा मुख्यसचिव नियुक्तिबारे रहेको छ। 

मुख्यसचिव रेग्मीले ७ कात्तिकदेखि अनिवार्य अवकाश पाउँदै छन् । उनले नियमित अवकाश पाएपछि मुख्यसचिव बनाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीका निकट सचिवहरूले अवकाश पाउने भएकाले रेग्मीलाई राजीनामा गराउन लागिएको स्रोत बताउँछ ।

नयाँ मुख्यसचिवमा शंकरदास बैरागी, केदार अधिकारी तथा मोहनकृष्ण सापकोटालगायतको नाममा छलफल भइरहेको छ । जसमध्ये परराष्ट्रसचिव रहेका बैरागीको सम्भावना उच्च रहेको प्रधानमन्त्री कार्यालयका एक सचिवले बताए । 

मुख्यसचिव नभएको अवस्थामा उनीहरू सबैले २२ असोजदेखि अवकाश पाउनेछन् । सहमति भएमा आजै मुख्यसचिव रेग्मीको राजीनामा स्वीकृत गरेर नयाँ मुख्यसचिव नियुक्त गर्न लागिएको छ ।

सुझावित समाचार