आफ्नै माछापोखरीमा डुबेर बालिकाको मृत्यु

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

बर्दियाको बढैयाताल गाउँपालिका– ५ जगतियामा एक बालिकाको आफ्नै माछापोखरीमा डुबेर मृत्यु भएको छ । 

घरदेखि करिब एक किलोमिटर पर रहेको माछापोखरीमा पौडी खेल्ने क्रममा बढैयाताल गाउँपालिका– ५ जगतियाकी गरिमा थारूको मृत्यु भएको हो । 

उनी आफ्नै पोखरीमा पौडी खेल्न गएको पारिवारिक स्रोतले जनाएको छ । 

पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगन्द्रकुमार खड्काले जानकारी दिए ।

सुझावित समाचार