टिभिएस एनटर्क १२५ सर्वाधिक बिक्री भएको घोषणा

बिहिबार, ८ असोज, २०७७
डिजिटल संस्करण

‘नाडा अटो सो २०१८’मा पहिलोपटक सार्वजनिक गरिएको टिभिएस एनटर्क १२५ स्कुटरले नेपालमा सर्वाधिक बिक्रीको कीर्तिमान कायम गरेको छ । जगदम्बा मोटर्सले भर्चुअल कार्यक्रम आयोजना गरेर टिभिएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको दाबी गरेको हो । 

जगदम्बा मोटर्सले नेपालमा नै पहिलो स्मार्ट कनेक्टसहितको पावरफुल स्कुटर भित्र्याएको जनाएको छ । हाल यो स्कुटर विभिन्न ३ भेरियन्टमा उपलब्ध रहेको जनाइएको छ । ड्रम ब्रेक, डिस्क ब्रेक र रेस एडिसन गरी तीन भेरियन्टमा रहेको यो स्कुटर महिला तथा पुरुषका लागि तथा जुनसुकै उमेरसमूहका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । 

भारतमा स्कुटर अफ दी इयर अवार्ड, अटो कार अवार्ड, वेस्ट कम्प्युटर टू ह्विलर अवार्डजस्ता विभिन्न अवार्ड जित्न सफल रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका भाइस पे्रसिडेन्ट दीपक अग्रवालले सेग्मेन्टमै सर्वाधिक फिचर र नयाँ डिजाइनले एनटर्क १२५ लाई सफल बनाएको बताए ।

यसमा रहेका हरेक फिचर चालकलाई सहज बनाउन सहयोग गर्ने तथा पावर र डिजाइनले जोकोहीलाई सहजै लोभ्याउने किसिमको भएको उनको भनाइ छ । यसमा चालकलाई हेल्मेट वार्निङ, ब्लुटुथ कनेक्ट, कल अलर्ट, एमएस अलर्ट, जिपिएस, टर्न बाई टर्न नेभिगेसनजस्ता की फिचर रहेको जनाइएको छ ।

सुझावित समाचार