डुबेर वृद्धको मृत्यु

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

कैलालीको टीकापुर नगरपालिका– ९ खक्रौलास्थित पुरानो भन्सार कार्यालयनजिकको नालामा  एक वृद्धको पानीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका– ५ वसन्तानिवासी ७० वर्षीय नरबहादुर ढोली रहेको प्रहरीले जनाएको छ ।

मृतकका काका प्रकाश ढोलीले उनको शारीरिक अवस्था कमजोर र मानसिक अवस्था सुस्त रहेको बताए । 

मृतक ढोलीको शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल ल्याएकोे इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । 

सुझावित समाचार