रुपन्देहीमा ७३ जना संक्रमित थपिए

मंगलबार, १६ भदौ, २०७७
डिजिटल संस्करण

रुपन्देहीमा मंगलबार ७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा ३० महिला र ४३ पुरुष रहेका छन् ।

बुटवल उपमहानगरपालिकामा ३१, सिद्धार्थनगर नगरपालिकामा पाँच, सियारी गाउँपालिकामा एक, रोहिणी गाउँपालिकामा १५, तिलोत्तमा नगरपालिकामा २० र देवदह नगरपालिकामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

रोहिणी गाउँपालिकामा भेटिएका १५ जना संक्रमित केही दिनअघि मृत्यु भएका संक्रमितका घरपरिवारका सदस्य र कामदार रहेको गाउँपालिकाले जनाएको छ । 

यसअघि बुटवल उपमहानगरपालिकामा पनि किरिया बसेको घरका आफन्तमा कोरोना संक्रमण देखिएको थियो । योसँगै रुपन्देहीमा कोरोना पुष्टि हुनेको संख्या एक हजार ७४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले बताए ।

रुपन्देहीमा हालसम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणबाट चार सय ३५ जना निको भइसकेको र ६ सय २९ जना संक्रमितले उपचार गराइरहेको गिरीले बताए ।

सुझावित समाचार