हुँकार मधेशले हुलाकी यात्रामा हिन्दू गणराज्यसम्बन्धी बहस चलाउने

सोमबार, ७ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं / हुँकार मधेशले मेची–महाकाली हुँकार हुलाकी यात्रा गर्ने भएको छ। प्रवक्ता केशव झाले केही दिनभित्रै मेची–महाकाली यात्रा सुरु हुन लागेको जानकारी दिए।

‘पछिल्लो समय राजनीतिप्रति उत्पन्न निराशाको अन्त्यको उपाय, मौलिक ज्ञान प्रणाली, पूर्वीय दर्शन सभ्यता, संघीय लोकतान्त्रिक हिन्दू गणराज्य, राजनीतिक दल र नेता, नेपालको मूल राजनीतिक अन्तरद्वन्द्व समाधानको उपाय, समाजमा विद्यमान विभिन्न समस्याहरूको समाधानको उपायबारे संवादजस्ता कार्यक्रम तय गरिएका छन,’ झाले यात्राबारे विज्ञप्तिमार्फत जानकारी दिँदै भनेका छन्।

साथै, यात्रामा आगामी स्थानीय तहको निर्वाचन गैरदलीय गरिनुपर्ने, जनमत तयार गर्न र सनातन संस्कृतिबारे गहन छलफल गर्नेलगायतका कार्यक्रम पनि तय गरिएका छन्।

सुझावित समाचार