श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

कुटपिटबाट श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ

बुधबार, २५ कार्तिक, २०८३
डिजिटल संस्करण

चितवन- चितवनकाे भरतपुर महानगरपालिका ४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।कुटपिटबाट श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । 

स्याङ्जा चापाकोट गाउँपालिका-६ घर भई हाल भरतपुर महानगरपालिका-४ त्रिचोकस्थित रामजी ढकालको घरमा डेरा गरी बस्ने अन्दाजी ३० वर्षीय सुमन राना मगरले घरायसी विवादका कारण आफ्नै ३२ वर्षीया श्रीमती सपना राना मगरलाई कोठामै कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

कुटपिटमा संलग्न श्रीमान सुमन राना मगरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।

सुझावित समाचार