बर्दियामा मौरीको टोकाइबाट एकजनाको मृत्यु

बुधबार, २५ कार्तिक, २०८३
डिजिटल संस्करण

बर्दिया । बर्दियामा मौरीको टोकाइबाट एकजनाको मृत्यु भएको छ । मौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका– ४, खैलारका ४३ वर्षीय वीरबहादुर थारूको मृत्यु भएको हो ।

दुई महिना अघिदेखि थारूको घरमा बस्दै आएको मौरीले मंगलबार दिउँसो थारूलाई टोकेको थियो । मौरीले थारूको छातीको भाग भन्दा माथि टोकेपछि थारू बेहोस भएका थिए।

बेहोस भएका थारूलाई उपचारका लागि आधारभूत  नगर अस्पताल नेउलापुर भुरीगाउँमा लगिएको थियो । उपचारको क्रममा थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

मौरीको टोकाइबाट मृत्यु भएका  थारूको  शव पोस्टमार्टमका लागि बर्दिया अस्पतालमा गुलरियामा लगिएको छ । मौरीबाट थप क्षति हुन नदिन थारूको घरमा रहेको मौरीका चार घार नष्ट गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।

सुझावित समाचार